IMG_0108

संस्थाको विवरण (NGO Description)

यस सबैको लागि स्वास्थ्य र शिक्षा संस्था एक गैरसरकारी संस्था हो । यस संस्थाको मुख्य लक्ष्य समुदायहरूको स्वास्थ्यर शिक्षामा सुधार ल्याउनु हो । स्थानिय तहमा भइरहेका सामाजिक कल्याण सामुदायिक विकासका गतिविधिहरुलाई गैरसरकारीक्षेत्रबाट पनि अझ बढी प्रभावकारी रुपमा जनसहभागीताबाट अघि बढाई यस क्षेत्रको विकासको लागि शैक्षिक सास्कृतिक, शारिरिक, सामाजिक एवं आर्थिक क्रियाकलापहरुबाट राष्ट्रिय विकासमा टेवा पुर्याउने उदेश्यले यस सबैको लागि स्वास्थ्य र शिक्षा (हिफा) संस्था बि.सं २०५७/०९/११ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई बि.सं २०५७/१०/१७ गते श्री समाज कल्याण परिषद्मा आबद्ध भई निरन्तर कार्यारत छ । यस संस्थाले स्थापनाकाल देखि हाल सम्म आफ्नो उदेश्य अनुरुप विभिन्न दुर्गम तथा विकट क्षेत्रहरुमा शैक्षिक सेवा प्रदानको लागि विद्यालय भवन अभाव रहेको स्थानहरुमा भवन पुननिमार्ण कार्यहरु गरि राष्ट्रिय शैक्षिक विकासमा टेवा पुर्याउँदै आइरहेको छ । ग्रामिण क्षेत्रमा शौचालय जडित बायोग्यास प्लान्ट निर्माण तथा प्राङ्गारिक कृषि लाई प्राङ्गारिक कृषि पर्यटन संग जोड्ने उद्देश्य अनुरुप शौचालय जडित बायोग्यास प्लान्ट निर्माण कार्य विगतका बर्षहरुमा गर्दै आएको र हाल उक्त परियोजना तिब्रताका साथ निरन्तरता दिईरहेको छ यस कार्यक्रमबाट दिगो ऊर्जा समाधान र वातावरण स्वच्छता कायम हनुका साथै जलवायु परिवर्तन न्युनिकरणमा समेत टेवा पुग्छ । स्वास्थ्य र शिक्षामा सुधार ल्याउने हेतुले बालबालिकाहरुमा उत्साह बढाउनका लागि विद्यालय पोषाक तथा विभिन्न खेलकुदका सामग्रीहरु पनि उपलब्ध गर्ने कार्य गरिरहेको छ । हाल यस संस्थामा ७ जनाको कार्यसमिति रहेको छ ।

हाम्रो सम्मान पत्रहरु :

संस्थाको मुख्य उद्देश्यहरु? (Main Objectives of the NGO)

  1. गरिब पिछडिएका  एवं आर्थिक र सामाजिक रुपले विभिन्न वर्गहरुमा चेतना जगाउन विभिन्न सामुदायिक विकास मुलक कार्यक्रम सञ्चालन गर्ने र कार्यान्वयन गर्ने गराउने । जस्तै : शिक्षा, शैक्षिक पुर्वाधार बिकाश, स्वास्थ्य, साक्षरता, पारिवार नियोजन, वृक्षारोपन, वातावरण, जनस्वास्थ्य, खानेपानी, बायोग्याँस, शौचालय आदि । 
  2. स्थानिय क्षेत्रको परम्परा पेशा, सिप, व्यवसायलाई आधुनिकिकरण एवं बिकाश गर्न प्रोत्साहन दिनेमेला, गोष्ठी, बैठक गर्ने ।
  3. विकास र योग्यता परियोजना कृषक परिवारहरुको ब्यक्तिगत आवश्यकता र रुचिहरुमा आधारित छ र विशिष्ट स्थानीय अवस्थाहरुलाई ध्यानमा राख्छ ।
  4. जैविक मल उत्पादनका लागि जैविक ग्याँस प्लान्टहरु स्थायी रुपमा प्रयोग गरिन्छ ।
  5. माटोको गुणस्तर सुधार गर्न जैविक मल प्रयोग गरिन्छ ।
  6. किसान परिवारहरुले प्राङ्गारिक खेती विधिहरुमा सीपहरु हासिल गर्नेछन् उनीहरुले प्राप्त गरेको ज्ञान र सिपहरुको आधारमा यी विधिहरुलाई दिगो रुपमा कार्यान्वयन गर्छन्।
  7. जलवायु परिवर्तनलाई पनि ध्यानमा राख्दै माटाको गुणस्तर, विविधता र उत्पादकत्व बलियो हुन्छ ।
  8. सुधारिएको उत्पादन र उत्पादनको बजारीकरणका लागि बदलिएको रणनीतिले किसान परिवारको आम्दानीमा सुधार ल्याएको छ ।
  9. बैठकहरु र अन्य नेटवर्क संरचनाहरु सक्रिय रुपमा अनुभवको आदानप्रदान र एकअर्काबाट सिक्ने प्रक्रियाको लागि प्रयोग गरिन्छ ।
  10. पारिवारिक सर्कलका प्रवद्र्धकहरुले पनि परियोजना अवधिभन्दा बाहिर प्रशिक्षक, विचार दिने र प्राविधिक सल्लाहकारको रुपमा योगदान गर्छन्र किसान परिवारहरुद्धारा मूल्यवान हुन्छन्।
  11. काभ्रेपलाञ्चोक जिल्लाका १२ वटै स्थानीय तहका गरिब, दलित, जनजाति तथा बिपन्न बर्गका घरपरिवारका कृषकहरुलाई प्राङ्गारिक कृषि (Organic Farming), प्राङ्गारिक कृषि पर्यटन (Organic Auto Tourism) संग सम्बन्धित तालिम प्राप्त गर्ने छन्।

हामीले गरेका कार्यहरु :

भवन पुनःनिर्माण कार्य सम्पन्न विद्यालयहरुः

  1. श्री बनेपा आधारभुत विद्यालय (बनेपा)
  2. श्री रत्नचुण्डेश्वर माध्यमिक विद्यालय (बनेपा)
  3. श्री पुर्णसञ्जिवनी लङ्खनामाई माध्यमिक विद्यालय (धुलिखेल)
  4. श्री करथरी माध्यमिक विद्यालय (धुलिखेल)
  5. श्री नारायणस्थान माध्यमिक विद्यालय (तेमाल)
  6. श्री सेति देवी माध्यमिक विद्यालय) (तेमाल)

किट वितरण कार्य सम्पन्न विद्यालयहरुः

  1. श्री बनेपा आधारभुत विद्यालय (बनेपा)
  2. श्री रत्नचुण्डेश्वर माध्यमिक विद्यालय (बनेपा)
  3. श्री पुर्णसञ्जिवनी लङ्खनामाई माध्यमिक विद्यालय (धुलिखेल)
  4. श्री करथरी माध्यमिक विद्यालय (धुलिखेल)
  5. श्री नारायणस्थान माध्यमिक विद्यालय (तेमाल)
  6. श्री सेति देवी माध्यमिक विद्यालय) (तेमाल)
  7. श्री आजाद माध्यमिक विद्यालय (बनेपा)
  8. श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल)
  9. श्री सर्बमंगला माध्यमिक विद्यालय (पाँचखाल)
  10. श्री भिमेश्वर आधारभुत विद्यालय (नमोबुद्ध)
  11. श्री सरस्वती माध्यमिक विद्यालय (बेथानचोक)
  12. श्री महांकाल माध्यमिक विद्यालय (बेला)
  13. श्री भक्तेश्वर माध्यमिक विद्यालय (बनेपा)
  14. श्री गणेश भारती माध्यमिक विद्यालय (बनेपा)
  15. श्री श्वेत बराह माध्यमिक विद्यालय (बनेपा)

विद्यालय पोषाक वितरण कार्य सम्पन्न विद्यालयहरुः

  1. श्री नारायणस्थान माध्यमिक विद्यालय
  2. श्री बनेपा आधारभुत विद्यालय
  3. श्री सचिर्तिथ त्रिवेणी गुरुकुल
  4. श्री गणेश भारती माध्यमिक विद्यालय
  5. श्री भिमसेन आधारभुत विद्यालय
  6. श्री लड्केश्वर प्राथमिक विद्यालय
  7. श्री रत्नचुण्डेश्वर माध्यमिक विद्यालय
  8. श्री श्वेत बराह माध्यमिक विद्यालय
  9. श्री कमलादेवी जनप्रिय माध्यमिक विद्यालय
  10. श्री जागृती आधारभुत विद्यालय
  11. श्री भक्तेश्वर माध्यमिक विद्यालय

हाम्रो सम्मान पत्रहरु :